गोरखा ११, पुस । संसद बिघटनको बिरोधमा गोरखामा आज छुट्टाछुटै बिरोध प्रर्दशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेको बिरोधमा जनता समाजबादी पाटी गोरखाले साँझ मसाल जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला समेत दहन गरेका छन् ।
जसपाका नेता कार्यकर्ताले प्रहरी समेत छक्याएर सदरमुकामको हरमटारी चोकमा नै प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला दहन गरेको हो । जसपाले पुरानो बसपार्कबाट मसाल जुलुस सहितको बिरोध प्रर्दशन गरेको हो । बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य रमेश पोखरेलले संसद बिघटन गरेर सरकारले दुर्घटना निम्त्याएको बताउनुभयो ।

उहाँले जनताको बलिदान बाट प्राप्त उपलब्धीको रक्षाका लागि जस्तो सुकै आन्दोलनमा होमिन पार्टी तयार रहेको भन्दै तत्काल संसद बिघटन जस्तो असंबैधानिक काम फिर्ता लिन चेतावनी दिनुभयो ।