Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ट्याक्टर सडकबाट झण्डै ८० मिटर तल खस्यो, चालक गम्भीर घाइते


2.4K
Shares

गोरखामा ट्याक्टर सडकबाट झण्डै ८० मिटर तल खस्यो, चालक गम्भीर घाइते

गोरखा ११, पुस । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ थानिथानमा ट्याक्टर दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन् । थानिथान स्थित सडकको भित्र खण्डमा ना ६ त ५८६३ नम्बर ट्याक्टर दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका चालक गोरखाको सिराचोक गाउँपालिका वडा नम्बर ६ नयाँसाँघु घर भएका २४ बर्षका रोसन परियार घाइते हुनुभएको हो । दुर्घटना हिजो भएपनि आज मात्र घटना बारेमा थाहा भएको थियो । ट्याक्टर सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीको भनाई छ ।

दुर्घटनाको जानकारी पाएपछि घटनास्थलमा ट्याक्टर चालक घाइते अबस्थामा फेला परेका थिए । घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology