Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीले क-कसलाई बनाए मन्त्री, यो हेर्नुहोस!


3K
Shares

प्रधानमन्त्रीले क-कसलाई बनाए मन्त्री, यो हेर्नुहोस!

काठमाण्डौ १०, पुस प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्‍मा अधिकांश नयाँ अनुहार समेटिएका छन्। केही मन्त्री भने यसअघि पनि राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्‍मा अधिकांश नयाँ अनुहार समेटिएका छन्। केही मन्त्री भने यसअघि पनि राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए। संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्‍कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको सुरुआत गरेका थिए। कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युतभार कटौतीलगायतका योजना अगाडि बढेका थिए।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित भएका रायमाझीले दोस्रोपटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

सहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो। तीनपटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानुन, न्याय तथा संसदीय मामिला, भूमिसुधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका मणिचन्द्र थापा पहिलोपटक राजकीय जिम्मेवारीमा आएका हुन्। तत्कालीन नेकपा ९माओवादी०ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्‍गीतमार्फत योगदान गरेका नेता थापा नेकपाभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्‍कर चौधरी पनि दोस्रोपटक मन्त्री बनेका छन्। यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए। सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुन्। दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, पुरानाको जिम्मेवारी हेरफेर

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद छन्। डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ। विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका थिए।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि पहिलोपटक राजकीय जिम्मेवारी सम्हाल्न लागेकी हुन्। त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलोपटक मन्त्रिपरिषद्‍मा समेटिएका छन्। विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए। रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology