काठमाण्डौ ९, पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ ।
ओली समूहको बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओलीलाई एकल रूपमा निर्णय तथा हस्ताक्षर गर्न सक्ने अधिकार प्रदान गरेको छ । बैठकले ७ वटै प्रदेशका संयोजक चयन गरेको छ ।
सुदूरपश्चिम संयोजकमा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।