Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

संसद बिघटनको बिरोधमा प्रचण्ड नेपाल समुहले गर्यो अन्दोलनको घोषणा


3K
Shares

संसद बिघटनको बिरोधमा प्रचण्ड नेपाल समुहले गर्यो अन्दोलनको घोषणा

पुुस ९ काठमाण्डौ ।  असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै नेकपाको (दाहाल–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौँको बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संसद् विघटन विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरू माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम त भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूहले भोलि नै २ बजे पत्रकार सम्मेलन राखेको छ ।

पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय पनि भएको छ । विरोध कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology