गोरखा ९, पुस । गोरखाका २ वटा स्थानीय तहहरुले क्रिश्चियन धर्मालम्बीहरुको प्रमुख चाड क्रिसमसको अबसरमा भोली (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाले क्रिसमसको अबसरमा सार्वजनिक बिदाको दिने निर्णय गरेका हुन् ।
पालुङटार नगरपालिकाले आज एक सूचना प्रकाशन गरि भोली पुस गते क्रिसमस डे को अबसरमा पारेर सार्वजनिक बिदाको निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा समेत सार्वजनिक बिदाको निर्णय गरेको जनाएको छ । दुवै दिन नगरपालिका भित्र सवै प्रकारका सरकारी संघसंस्था तथा शिक्षणसस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
यता बारपाक सुलिकोट गाउँपालिकाले एक सूचना प्रकाशन गरि गुरुङ समुदायको ल्होसार पर्व तथा क्रिश्चियन धर्मालम्बीको प्रमुख चाड क्रिसमसको दिन पालिका भित्रका सवै सरकारी संघसंस्था तथा शिक्षण संस्थाहरु बन्द रहने जनाएको हो । गाउँपालिकाका छैटौ अधिकृत संजय सुवेदीद्धारा हस्तारिक्षत सार्वजनिक सूचनामा गाउँपालिकाले बिहिबार बसेको हिजोको निर्णय अनुसार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।