Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कटुवा पेस्तोल सहित २ जना पक्राउ


3.1K
Shares

कटुवा पेस्तोल सहित २ जना पक्राउ

सुनसरी, ८ पुस । सुनसरीको भण्टाबारीबाट दुई कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–८ का ३५ वर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीया सद्याम मिया छन्।

भारतबाट आउँदै गरेका उनीहरुलाई भाण्टाबारी बजारमा रोकी जाँच गर्दा सद्यामको कम्मरको दुवै भागमा एक एक वटा कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ।

पेस्तोलमा प्रयोग हुने पाँच राउन्ड गोली भने उनीहरुले चलाएको बाइकमा कालो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा बरामद भएको प्रहरीको भनाइ छ। भारतबाट साना हतियार खरिद गरेर नेपाल ल्याएर विक्री गर्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीले दावी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology