Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अण्डा पकाउने क्रममा आगलागी : युवती सहित दुई जना घाइते


6.3K
Shares

अण्डा पकाउने क्रममा आगलागी : युवती सहित दुई जना घाइते

महोत्तरी, ८ पुस । महोत्तरीको बलरा नगरपालिका–६ मा अण्डा पकाउने क्रममा अचानक आगलागी जलेर दुई जना घाइते भएका छन् ।बजारमा ठेला गाडीमा राखेर अण्डा पकाउने क्रममा आजबिहान ११ बजेतिर भएको आगलागीबाट एक युवतीसहित दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले अण्डा पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बरला नगरपालिका ६ की आरती कुमारी साह घाइते भएको बताउनुभयो। उहाँको अनुहार, मुख, कपाल र खुट्टा उक्त आगोले जलेको छ । आरती ठेलामा राखेर उसिनेको अण्डा बिक्री गर्दै आउनु भएको थियो ।

आगो निभाउने क्रममा सोही ठाउँका ५५ बर्षीय चन्द्र ढकालको अनुहार जलेको छ । घाइते भएका दुबै जनालाई उपचारका लागि जनकपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology