Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र छोप्राकबाट चलाउन गर्न माग गर्दै स्थानीय आन्दोलित


3.5K
Shares

गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र छोप्राकबाट चलाउन गर्न माग गर्दै स्थानीय आन्दोलित

गोरखा ८, पुस । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र पुरानै ठाउँबाट सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको माग गर्दै छेप्राकका स्थानीयबासीले माग गरेका छन् । साविकको छोप्राकका स्थानीयबासीहरुले सर्वोच्च अदालतको आदेशानुसार छोप्राकबाट गाउँपालिकाको कार्यालय सञ्चालन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयबासीहरुले पहिलो कार्यालय रहेको छोप्राकको मैदानबाट नै कार्यालय सञ्चालन गर्नुपर्ने, सर्वोच्च अदालतको मिति २०७७ साल असोज २७ गतेको आदेश पालन गर्नुपर्ने माग गरेका छन् । ‘अहिले चित्रेपोखरीमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ, स्थानीयबासी पर्शुराम पोखरेलले भन्नुभयो, ‘सवोच्चले साविककै ठाउँबाट कार्यालय सञ्चालन गर्नु भनेर दिएको आदेश पनि पालना गरेको छैन ।’ गाउँपालिकाले अहिले जनतालाई भुक्याउन छोप्राकबाट कार्यालय सञ्चालन गरे जस्तो गर्दै पालिका प्रमुख र प्रशासकिय अधिकृतको कार्यकक्ष स्थापना गरेको भएपनि काम भने चित्रेपोखरीबाट गर्ने गरेको स्थानीयको आरोप छ ।

स्थानीयबासीहरुले गाउँपालिकाले अदालतलाई समेत ढाटेर अहिले चित्रेपोखरीबाट कार्यालय सञ्चालन गर्दै आएको आरोप समेत लगाएका छन् । ‘नागरिकहरु सेवा लिन जाँदा समेत अन्यौलमा परेका छन्, पोखरेलले भन्नुभयो, छोप्राकमा कार्यालय सञ्चालन भएको भ्रम फिजाइएको छ तर कार्यालय भने चित्रेपोखरीबाट सञ्चालन भइरहेको छ ।’

स्थानीयबासीहरुले आफुहरुको माग सम्बोधन नभए थप संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् । छोप्राकमा करिब ३ सय जना स्थानीयबासी भेला भएर साविकको स्थानमा गाउँपालिकाको केन्द्र सार्न माग गर्दै बिरोध सहितको कालो व्यानर समेत टाँगेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology