Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिघटित संंसद पुनस्थापनाको माग गर्दै गोरखामा बिरोध प्रर्दशन


6.1K
Shares

बिघटित संंसद पुनस्थापनाको माग गर्दै गोरखामा बिरोध प्रर्दशन

गोरखा, ८ पुस ।  जनता समाजबादी पार्टी गोरखाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको संसद बिघटनको बिरोधमा आज गोरखामा बिरोध कार्यक्रम गरेको छ । सो पार्टीले संसद पुनस्थापनको माग गर्दै सदरमुकामको बसपार्कदेखि हरमटारी चोकसम्म प्रर्दशन गरेको हो । प्रर्दशनपछि आयोजिक कोणसभालाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य एवंम पूर्वसभासद ज्ञानेन्द्र कुमाले प्रधानमन्त्रीको असंबैधानिक कार्यबाट नेपाली जनताले २००७ सालदेखि प्राप्त गरेको सवै प्रकारका उपलब्धी खोसिएको आरोप लगाएको छ ।

उहाँले राष्ट्रपति र प्रधानमन्त्री संसद बिघटनको मुख्य मतियार भएको भन्दै सभामुखले पनि बिशेष अधिकारको प्रयोग गर्न नसकेको भन्दै उसले पनि जिम्मेवारी दिनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य कुमालले एउटा पार्टीको झगडाले देश अहिले बन्धक बनेको भन्दै केपी ओलीले नेपाली जनतासंग माफी मागेर संसदको पुनस्थापना गर्नुपर्ने माग गर्नुभयो ।

कोणसभालाई सम्बोधन गर्नुहुदै पाटीका अर्का केन्द्रिय सदस्य रमेश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई आफ्नो बिर्ता ठानेको भन्दै त्यसको बिरोधमा पार्टी सर्घषमा उत्रनु परेको बताउनुभयो । ‘नेपाली जनताले ठूलो बिश्वासका साथ ५ बर्ष शासन सत्ता सञ्चालनको जिम्मा नेकपालाई दिएको थियो, उहाँले भन्नुभयो, ‘तर देश एकाएक दुर्घटनामा पसेको छ ।’

नेता पोखरेलले नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धी माथि गरिएको खेलबाडका कारण राजाबादीहरु समेत सडकमा आउन थालेको आरोप बताउनुभयो । ‘नेपाली जनताले लोकतन्त्र, गणतन्त्र ल्याउन थुप्रै आन्दोलन गरेका छन्, उहाँले भन्नुभयो, ‘फेरि पनि आन्दोलन गर्न तयार छन् तर जनतलाई एम्बसुमा धकेल्न खोजियो भने त्यो स्विकार्य हुदैन ।’

कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य एवंम गण्डकी प्रदेश सभाका सदस्य हरिशरण आर्चायले दुई तिहाईको सरकार देशमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म जति नै निर्वाचन गरेपनि राजनीतिक स्थिरता कायम हुनै नसक्ने दावी गर्नुभयो । केन्द्रिय सदस्य रोहित पाण्डे, गोेपालबाबु श्रेष्ठ, जिल्ला अध्यक्ष नारायण खत्री, युवा नेता मनबहादुर तामाङ लगायतले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टी आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology