Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अबैध १७ लाखभन्दा बढी रकम सहित युवक पक्राउ


5.6K
Shares

अबैध १७ लाखभन्दा बढी रकम सहित युवक पक्राउ

गोरखा ७, पुस । अबैध रुपमा बोकी हिडेको १७ लाख भन्दा बढी रकम सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ बस्ने २५ वर्षीय बिर्ज तामाङ रहेका छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology