गोरखा ७, पुस । राजनीतिक संक्रमण बढेसगै देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको छ। गृह मन्त्रालयको अनुमतिबिना प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको हो। प्रतिनिधिसभा विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भइरहेका छन्।
सरकारको समर्थन र विरोधमा हुने प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो।