गोरखा ७, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनको संघारमा छ । प्रधानमन्त्रीले संबिधानमा व्यवस्था नभएको अधिकार प्रयोग गरि संसद भंग गर्नु संबिधान बिपरित काम गरेको भन्दै सवत्र आलोचना भइरहेको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असबैधानिक ढंगबाट जननिर्वाचित संसद बिघटन गर्नुपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको स्थायी किमिटीको बैठकले अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको संसद बिघटनको निर्णय संगै पार्टी बिभाजन निश्चित छ । मंगलबार प्रधानमन्त्री मन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले आफु पक्षिय केन्द्रि समितिको बैठक बोलाउनु भएको छ भने कार्यकारी अध्यक्ष प्रचण्डले पनि केन्द्रिय समितिको बैठक बोलाउनु भएको छ ।
सम्भवत यही दुई फरक फरक बैठकले पार्टी बिभाजनको औपरितकता प्रदान गर्छ । यो बिचमा पार्टीका उपाध्यक्ष समेत रहनु भएका बामदेव गौतम र गृहमन्त्री समेत रहनुभएका नेता रामबहादुर थापा (बादल) समुह प्रचण्ड वा ओली कसको पक्षमा जाने भन्ने खुलेको छैन । उपाध्यक्ष बामदेव गौतममले संसद बिघटन भएलगत्तै त्यसलाई तत्काल सहि वा गलत केही नभन्ने भनेर प्रतिक्रिया दिनुभयो । त्यसको केही समय नबित्तै प्रधानमन्त्रीको कदम संबिधान बिपरित भएको भन्दै बिज्ञप्ति निकाल्नुभयो । गौतमको बिज्ञप्तिको सार प्रधानमन्त्री प्रतिगमनमा फर्किएको भन्ने हो । यति हुदा पनि उहाँ अझै कुन कित्तामा जाने भन्ने निर्णयमा नपुग्नुलाई शंकास्पद मान्निछ ।
यता गृहमन्त्री समेत रहनु भएका बादलले पनि अझै कित्ता क्लियर गर्नुभएको छैन । उहाँले निकट पार्टीका नेता र सांसदको भेलाले प्रधानमन्त्रीको संबिधान बिपरित काम गरेको , देशलाई पश्चगमनमा धेकेलेको भन्दै प्रचण्ड नेपाल पक्षलाई साथ दिनुपर्ने दबाब दिएको छ । तर बादलले अहिलेसम्म आफु कुन कित्तामा जाने भन्ने निस्कर्ष निकाल्नु भएको छैन । सञ्चारमाध्यमहरुमा भेलामा नेता बादलले आफु गलतको पक्षमा नलाग्ने बताउनुभएको उहाँ निकट स्रोतको भनाई छ । बिभाजन निश्चित भइसक्दा पनि कता तिर भन्नेमा पार्टीका दुई वरिष्ठ नेता नखुल्दा यो विषय सबैको चासोको विषय बनेको छ ।
नेता गौतमले आइतबार र सोमबार विज्ञप्ति निकालेर आफ्नो धारणा स्पष्ट गर्ने प्रयास गरेपनि उहाँले अन्तिम समयमा कसलाई साथ दिन्छन भन्ने स्पष्ट हुन सकेको छैन । सोमबार उहाँले आफु पार्टी फुटको साक्षी नबन्ने भन्दै दुवै पक्षको भेलामा नजाने बताउनुभयो ।गौतमले भन्नुभयो, ुअब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।
केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउने मध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।अब आज दुवै पक्षले केन्द्रीय कमिटीको बैठक अलग अलग समयमा बोलाएकाले गौतमले एक पक्ष समाउनु पर्ने या आफ्नो बाटो स्पष्ट गर्नुपर्ने दबाब रहेको छ ।
उता गृहमन्त्री थापाले मन्त्री भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको देखिएको छ । यस बीचमा भएका पटक पटकका पार्टी विवाद र सचिवालय बैठकको अंक गणितमा उहाँले प्रधानमन्त्रीलाई साथ दिनुभएको थियो । तर अहिले पार्टी फुटको निर्णायक मोडमा आएका बेला थापाले स्पष्ट निर्णय गर्न सकिरहेका सकिरहनु भएको छैन । उहाँ आफ्ना पक्षका नेताहरुको आफ्नो कित्ता प्रष्ट गर्न दबाब रहेको छ । उहाँ निकट मानिएका दुई प्रमुख नेता पम्फा भुसाल र देव गुरुङले प्रचण्डलाई साथ मात्रै दिएका छैनन्, प्रधानमन्त्रीको कदम गलत भएको भन्दै त्यसका विरुद्ध सकृय भएर लागेको देखिएको छ । सोमबार मन्त्री निवासमा भएको थापा पक्षका नेताहरुको भेलामा पनि उहाँलाई मन्त्री बाट राजीनामा दिएर प्रचण्डको पक्षमा आउन दबाब दिइएको थियो ।
तर थापाले आफ्नो ठोस निर्णय भने दिनुभएको छैन । उहाँले आफुले सल्लाह गरेर निर्णय दिने बताउनुभयो । नेकपामा उहाँ निकट करिब ३ दर्जन भन्दा बढी केन्द्रीय सदस्य रहेको बताईन्छ । त्यसमा दुई दर्जन भन्दा बढी प्रचण्ड पक्षलाई समर्थन गर्नुपर्ने पक्षमा रहेको देखिएको छ । यस स्थितिमा थापाले कसलाई समर्थन गर्छन भन्ने विषय अहिले नेकपा वृतमा चासोको विषय बनेको छ ।
यसरी पार्टी विभाजनउन्मुख हुदै गर्दा गौतम र थापा धर्म संकटमा परेको देखिएको छ । अलग्गै पार्टी बनाउने अवस्था नरहेको र कुनै पक्षमा लाग्ने निर्णय गर्न नसकिरहेको अवस्था अहिलेको परिस्थितिमा धेरै दिन गर्न नसक्ने उनीहरु निकट नेताहरुले बताएका छन् । अब गौतम र बादललाई दुई मध्ये बिकल्प छन् प्रधानमन्त्री ओलीको संसद बिघटनालाई साथ दिएर प्रतिगमन रोज्ने या प्रचण्ड नेपाल समुहलाई साथ दिएर संबिधानको रक्षा गर्दै अग्रगमन रोज्ने ।