Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेकपाका ११५ सांसद प्रतिनिधिसभाको नियमित काम बढाउने निश्कर्षमा


4.3K
Shares

नेकपाका ११५ सांसद प्रतिनिधिसभाको नियमित काम बढाउने निश्कर्षमा

काठमाण्डौ ६, पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्ने बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सांसदहरुको भेलाले पर्सि नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पटक, पटक छल, बेइमानी गरेको बताउनुभएको छ । आज बानेश्वरमा प्रचण्ड , माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताउनुभएको हो ।

संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको प्रचण्डको भनाइ थियो । हिजो बिहान संसद भग्न हुने बारे आफूलाई जानकारी आएको बारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नबताएको प्रचण्डको दाबी छ । प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संसदको अधिकारको अपहरण भएको समेत उहाँले बताउनुभयो । हुँदै नभएको अधिकार प्रयोग गरेर संसदलाई बली दिने काम भएको प्रचण्डले दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology