गोरखा ६, पुस । नेपाल परिवारदलका केन्द्रिय अध्यक्ष एवम पूर्वमन्त्रि एकनाथ ढकालले प्रधानमन्त्रीको कदम अदुरदर्शी निर्णय भएको बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रि ढकालले संबैधानिक रुपमा संसद बिधटन भइसकेको भन्दै उहाँले नेपालको संबिधानमा जे जस्तो लेखिएको भएपनि अन्तराष्ट्रिय अभ्यासमा संसारको संसदिय प्रणालीमा प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकारी दिएको बताउनुभयो ।
कतिहदसम्म उहाँको बाध्यात्मक निर्णय जस्तो पनि देखिन्छ, अध्यक्ष ढकालले भन्नुभयो, यो राजनीतिक निर्णय पनि हो, यसलाई अब राजनीतिक ढंगबाट नै हल गर्नुपर्छ ।’ उहाँले संसद बिघटनको निर्णय सर्वोच्च अदालतसम्म पुगी सकेकाले सर्वोच्च अदातलले जे निर्णय गर्छ त्यसलाई नेपाल परिवारदले स्विकार गर्ने बताउनुभयो ।
अध्यक्ष ढकालले नेकपालाई दुई तिहाइ मत दिएको भएपनि सत्तारुढ दलले जनताको जनमतलाई बचाउन नसकेको बताउनुभयो ।
अहिले हाम्रो संबिधानमा स्पस्ट व्यवस्था छैन, पूर्वमन्त्री ढकालले भन्नुभयो, ‘तर सवैधानिक रुपमा संसद मृतक अबस्था पुगिसकेको अबस्था छ, अब जसरी हिजो पनि नेपालमा संसद पुर्नस्थापनको इतिहास छ त्यो राजनीतिक हिसावले भएको थियो, अब पनि फेरी सत्ता पक्ष प्रतिपक्ष र अन्य राजनीतिक दल बसेर सहमती गरेर निकास खोज्नुपर्छ ।’ उहाँले सहमतीबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि बाहिर जान नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले प्रधानमन्त्रीले अब संबिधान कार्यान्व्यनमा सवैलाई मिलाएर लैजान सक्नुपर्नेमा जोडदिनुभयो ।
‘जनताले दिएको जनमतको जब उचित कदर हुनसक्दैन भने त्यो अबस्थामा राष्ट्रिय सहमतीको खाँचो हुन्छ, उहाँले भन्नुभयो, ‘नेपाल परिवारदलको मान्यता भनेको पछिल्लो राजनीतिक घटनाक्रमसंगै अब मुलुकमा राष्ट्रिय सहमतीको सरकार गठन गर्नुपर्छ । नयाँ संबिधान कार्यान्वयनमा गम्भीर संकट आइपरेको भन्दै अब संबिधान कार्यान्वय गर्ने जिम्मा सवै राजनीतिक दल नागरिक समाज लगायतको समान दायित्व हुने बताउनुभयो । उहाँले संबिधान निर्माण गर्न राष्ट्रिय सहमती कायम गरे जस्तै कार्यान्यवन र आइपरेको संकट टार्नलाई र तत्काल संबिधानको कार्यान्वयन गर्नलाई पनि राष्ट्रिय सहमतीको सरकार उपयुक्त बिकल्प हुनसक्ने उल्लेख गर्नुभयो ।