Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीको असंबैधानिक कदमपछि बल्ल बोले कृष्णबहादुर महरा


3.3K
Shares

प्रधानमन्त्रीको असंबैधानिक कदमपछि बल्ल बोले कृष्णबहादुर महरा

काठमाण्डौ ६, पुस । पूर्व सभामुख एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य कृष्णबहादुर महराले नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात रहेको दाबी गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको मृत्यु भएको १३ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै महराले अहिलेको परिस्थिति नेपालीको काबुमा नरहेको बताउनुभयो ।

‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ।’ उहाँले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो ।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो , ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो।’ यस्तै उहाँले अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology