Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बर्दिया निकुञ्जमा सेना र सिकारी बिच भीडन्त


3.2K
Shares

बर्दिया निकुञ्जमा सेना र सिकारी बिच भीडन्त

बर्दिया ६, पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच आईतबार गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५÷६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट झण्डै ६ किलोमिटर उत्तरपश्चिम निकुञ्जको कोर इलाकामा पर्ने गिठ्ठे खोला नजिक निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोली र हतियारधारी सिकारीहरुसँग मुठभेड हुँदा दोहोरो फायरिङ भएको निकुञ्जले जनाएको छ । मुठभेडमा कुनै मानविय क्षति नभएको निकुञ्जले जनाएको छ ।

निकुञ्जको नियमित गस्तीका क्रममा रहेका बेला सिकारीहरु वन्यजन्तुको मासु भाग लगाएर प्याक गर्दै गरेको अवस्थामा फेला पारेको सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो। ‘सिकारीहरु बन्दुकसहित थिए, सेनालाई देख्नासाथ उनीहरुले गोली चलाए, सेनाले पनि जवाफमा गोली चलायो, उनीहरु भागे’ – थापाले भन्नुभयो। निकुञ्जको टोलीले तत्काल खोजी गर्दै जाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउँपालिका वडा नम्बर ३ नरसिंहकाँडाका ३४ वर्षका चक्रबहादुर विष्ट र त्यही ठाउँका २४ वर्षका गणेश तिवारी रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, गोली १७ थान, बारुद २०० ग्राम, हँसिया ५ थान, गुलेली १, जाल १, वन्यजन्तुको सुकुटी अन्दाजी ७० किलो, बन्दोबस्तीको सामानलगायतका सामाग्री बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology