गोरखा ५, पुस । नेकपा गोरखा जिल्लाका सहसंयोजक परशुराम रम्तेलले सरकारले सबैधानिक परिषद् माफर्त आफुलाई दलित आयोगको सदस्यमा सिफारिस गरेको प्रति गभ्भीर आपत्ती जनाउनु भएको छ ।
नागरिक सवाल डटकमसंग प्रतिक्रिया दिनुहुदै पूर्वसभासद समेत रहनु भएका नेता रम्तेलले सवैधानिक परिषद्ले आयोगको आफ्नो सहमती र स्विकृती बिना नाम सिफारिस गरेको भन्दै उक्त सिफारिस स्विकार्य नभएको बताउनुभयो ।
सहमतीको राजनीतिक मान्यता, नैतिक दृष्टिले पनि गलत तरिकाले असबैधानिक सिफारिस जो गरिएको छ त्यो मेरो लागि मान्य छैन । नेता रम्तेलले भन्नुभयो । असबैधानिक तरिकाले गरिएको संसद बिघटन पनि स्विकार्य नहुने बताउनुभयो ।