गोरखा ५, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा संसद बिघटन गरेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवासंघ तथा अनेरास्वबियू गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ । नेकपा पार्टी कार्यालय पाटेचौरमा जम्मा भएर युवासंघ र अनेरास्वबियूका नेता कार्यकर्ताहरुले हरमटारी चोकमा कोणसभा गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्नुहुदै युवासंघ गोरखाका संयोजक असोक शर्मा भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको बिरुद्धमा लाग्न सम्पूर्ण युवा बुद्धिजिवि तथा आम नागरिकहरुलाई अपिल गर्नुभयो । उहाँले आफैले निर्वाचन जिताएर पठाएको व्यक्तिले अहिले प्रतिगामी कदम चालेको भन्दै उक्त प्रतिगामी कदमको बिरुद्ध अब सर्घषमा उत्रने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले चालेको संसद बिघटनको असंबैधानिक कदमले इतिहासको पानामा ओलीलाई कलंकित बनाएको भन्दै प्रतिगामी कदम फिर्ता लिन समेत माग गर्नुभयो । ‘कमरेड केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थका लागि एकल निर्णय गरि संसद बिघटन गर्नुभयो, यसले इतिहासको पानामा आफै कलंकित बन्नुभएको छ, संयोजक भट्टले भन्नुभयो, ‘अब प्रधानमन्त्रीको असंबैधानिक कदमका बिरुद्ध सवै खालका सर्घष जरुरी छ । ’
उनिहरु बिरोध कार्यक्रममा सहभागीहरुले असबैधानिक कदम खारेज गर, प्रतिगमन मूर्दाबाद, संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद लगायतका नारा लगाएर सडकमा उत्रिएका थिए ।