Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तिनवटै तहका सरकारको प्राथामिकतामा कृषि क्षेत्र : कृषिमन्त्री थापामगर


3.5K
Shares

तिनवटै तहका सरकारको प्राथामिकतामा कृषि क्षेत्र : कृषिमन्त्री थापामगर

गोरखा, ५ पुस । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले तिनवटै तहका सरकारले कृषि क्षेत्रलाई प्राथामिकता दिएको बताउनु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ११ स्थित तेह्रकिलो भर्खरै मात्र सञ्चालनमा ल्याइएको एकिकृत कृषि फार्म तथा अनुसन्धान केन्द्रको शनिबार उद्घाटन गर्नुहुदै उहाँले संघ, प्रदेश र स्थानीय सरकारले सवैले कृषि क्षेत्रलाई जोड दिदै आएका बताउनु भएको हो ।

‘केन्द्रले मूलभूत रुपमा नीतिगत पक्ष सहित आम अनुदानको कार्यक्रम व्यवस्थित गर्दै आएको छ भने प्रदेश सरकारले व्यवसायिकतालाई जोड गर्दै अगाडी बढेको छ, मन्त्री थापाले भन्नुभयो, स्थानीय सरकारले पनि बस्तुगत आबश्यकताको आधारबाट कृषि क्षेत्रलाई अगाडी बढाउन कोसिस गरिरहेका छन् ।’ उहाँले गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको व्यवसायिक बिकासका निम्ति कृषि व्यवसाय प्रर्बद्धन ऐन पारित गरेको बताउनुभयो ।

मन्त्री थापामगरले भूमि व्यवस्था नगरेसम्म कृषिको उत्पादन बढाउन नसकिने भन्दै प्रदेश सरकारले एकिृकत भूमि ऐन निर्माण गर्न लागेको जानकारी दिनुभयो । ‘यो ऐन निर्माणको काम अन्तिम चरणमा पुगि सकेको छ, उहाँले भन्नुभयो, सवै जिल्लामा पुगेर सरोकारवालाहरुसंग छलफल र सुझाव संकलन गरि ऐन निर्माण गर्ने तयारीमा चरणमा हामी छौ ।’

कृषि क्षेत्रलाई माथि नउठाएसम्म देशको अर्थतन्त्रलाई उकास्न सकिदैन भन्ने कुरा स्थापित गर्न सकिदैन भन्ने कुरा सवै सरकारले महसुस गरि रहेको मन्त्री थापामगरको भनाई छ । ‘भूमिलाई कसरी व्यवस्थित गर्ने, बाँझो जग्गालाई कसरी भूउपयोगमा ल्याउने र भूमि बैकं कसरी व्यवस्थापन गर्ने भन्नेमा प्रदेश सरकार योजनाबद्ध ढगंले लागि रहेको छ, उहाँले भन्नुभयो, यि सवै खालका बिषयलाई एकिकृत भूमि ऐनबाट हल गरेर जाने गरि काम भइरहेको छ ।’

मन्त्री थापाले युवा बर्गलाई उत्पादनको क्षेत्रमा केन्द्रित गर्दै कृषि क्षेत्र मार्फत स्वरोजगार बनाउनु पर्ने अहिलेको आबश्यकता रहेकोमा जोड दिनुभयो । ‘उत्पादनमा बृद्धि गर्न सके मात्र कृषि क्षेत्रमा नेपाललाई आत्मानिर्भर बनाउन सकिन्छ, मन्त्री थापामगरले भन्नुभयो, नेपाल र नेपाली जनताको आबश्यकता परिपूर्ति गर्ने कृषिजन्य बस्तु यहीँ उत्पादन गर्न सक्नुपर्छ, आत्मानिर्भर अर्थतन्त्रको बिकासका लागि युवाहरुलाई कृषि क्षेत्रसंग जोड्नु आबश्यक छ ।’

कार्यक्रममा एकिकरण कृषि फार्म तथा अनुसन्धान केन्द्रका अध्यक्ष हरि देवकोटाले केन्द्रलाई कृषि तथा पशुपालन मात्र नभए कृषि अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यका साथ अघि बढिएको जानकारी दिनुभयो । उहाँले केन्द्रमा अहिले तत्काल लागि बाख्रा पालन बंगुर पालन, मौरी पालन, गाई पालन, कुखुरपालनसंगै डाले घाँसको खेती र बेर्ना उत्पादन समेत सुरु गरिएको बताउनुभयो ।
अध्यक्ष देवकोटाले यसलाई नेपालकै नमुना कृृषि फार्मको बनाउने लक्ष्इा रहेको समेत बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महांसघ गोरखा शाखाका अध्यक्ष किशोर जंग थापा, गैह्रसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology