Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु


2.7K
Shares

ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु

बैतडी, ४ पुस । बैतडीको मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ गइरहेको सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षका नारायण भट्ट र नामथर पनि एउटै भएका ५८ वर्षीय नारायण भट्ट रहनुभएको छ। कैलालीको गौरीगंगा नगरपालिकाका चालक २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी अधिकारीका अनुसार ट्र्याक्टर सडकबाट १ सय मिटर जति तल खसेर दुर्घटना भएको हो । उनले घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology