Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी


3.2K
Shares

गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा, ४ पुस । गोरखा जिल्लामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकामा कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जारी गर्नुभएको बिज्ञप्तिमा भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मा १९ बर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको उल्लेख छ ।

त्यस्तै जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ५ का ३२ बर्षका एक पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टी भएका दुर्व जानको गण्की प्रदेश क्षयरोग उपचार केन्द्रमा स्वाब परीक्षण गरिएको थियो । उनी दुवैजनाको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गर्दा संक्रमणको पुष्टी भएको निर्देशनालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology