गोरखा ४, पुस । गोरखाको ऐतिहासिक स्थल लिगलिगकोटमा नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारणसभा हुने भएको छ । महासंघको हिजो बिरेन्चोक होमस्टेमा बसेको जिल्ला कार्यसमितिको बैठले यही पुस १७ र १८ गते शाखाको अधिबेसन गर्ने निर्णय गरेको अध्यक्ष किशोरजंग थापाले जानकारी दिनुभयो ।
पालुङटार नगरपालिका वडा नम्बर–२ को आँपपिपलमा पर्ने नेपाल एकिकरणको उद्गम स्थलको रुपमा चिनिने लिगलिगकोटको प्रचारप्रसार समेत गर्ने उद्देस्य सहित लिगलिगकोटमा साधारणसभा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साधारण सभामा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य सहितका केन्द्रिय पदाधिकारी आउने कार्यक्रम तय भएको जिल्ला जिल्ला अध्यक्ष थापाले जानकारी दिनुभयो ।
साधारण सभाको अबसरमा महांसघले तुलसी पत्रकारीता पुरस्कार समेत बितरण गर्ने जनाइएको छ । गत वर्ष कोभिडको प्रभावका कारण पुरस्कार बितरण हुन नसकेकाले २०७६ र ७७ दुई वर्षको गरी दुई जनालाई पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । साधारण सभाको महासंघमा आबघ भएरपनि क्रियाशिल नभएका ११ जना सदस्यलाई सन्मान गर्ने निर्णय समेत महासंघले गरेको छ ।
पालुङटार नगरपालिका र लिगलिगकोट होमस्टेको आतिथ्यतामा लिगलिगकोटको प्रचार प्रसार गर्ने उद्देश्यले साधारण सभा तय गरिएको हो । दौडिएर राजा हुने परम्पपरा सुरु भएको लिगलिगकोट, भग्नाबशेष दरबार, दरबार परिषरमा राखिएको नेपालकै सवैभन्दा ठूलो राष्ट्रिय झण्डा, लिगलिगकोट होमस्टेको प्रचारप्रसार गर्दै त्यसलाई आर्कषक पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न लिगलिगकोटमा गरिने साधारण सभा महत्वपूर्ण रहेको उहाँको भनाई छ ।