Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्सका नयाँ सदस्यलाई अभिमुखीकरण सम्पन्न


2.4K
Shares

लायन्सका नयाँ सदस्यलाई अभिमुखीकरण सम्पन्न

गोरखा ४, पुस । लायन्स क्लबका नयाँ सदस्यहरुलाई अभिमुखीकरण सम्पन्न भएको छ । लायन्स क्लब अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकामको एक होटलमा जिल्लाभरका ५० जना लायनहरुलाई अभिमुखीकरण सम्पन्न भएको क्लबका गोरखा अध्यक्ष श्यामबावु श्रेष्ठले बताउनुभयो ।                                     

‘जिल्लाको ५ वटा क्लबमा भएका नयाँ सदस्यहरुलाई लक्षित गरी अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको’ भन्दै अध्यक्ष श्रेष्ठले ‘कार्यक्रममा जिल्ला भरबाट ५० जनाको सहभागिता रहेको’ जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखाकालीलका र लायन्स क्लब अफ दरौदीका नयाँ सदस्यहरुको सहभागीता रहेको क्लबले जनाएको छ । साथै लायन्स क्लब अफ आरुघाट र लायन्स क्लब अफ गोरखा सिटीको समेत सहभागीता रहेको थियो ।

सहभागीहरुलाई लायन्स क्लब, यसका उद्वेश्य र गनुपर्ने कार्यका बिषयमा लायन विशेश्वर आचार्यले प्रशिक्षण गराएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology