गोरखा ३, पुस । गोरखा नगरपालिका वडा नम्बर १३ को ५ किलो न्ने ठाउँमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाइते भएका छन् । गोरखा आँबुखैरेनी सडकखण्डमा पर्ने पाँचकिलोमा बसको मोटरसाइकललाई ठक्कर दिएको घटनास्थलमा पुग्नुभएका पत्रकार दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
गोरखा सदरमुकामबाट आँबुखैरेनी तर्फ जादै गरेको ना ४ ख ६०२६ नम्बरको बसले आँबुखैरेनीबाट गोरखा तर्फ आउदै गरेको बा ५८ प १०९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट अन्दाजी २७÷२८ बर्षका मोटरसाईकल चालक घाइते हुनुभएको हो । उहाँको खुट्टा भाँच्चिएको प्रहरीको भनाई छ । मोटरसाईकलमा दुई जना सवार थिए । घटना लगत्तै बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । तस्विर सौजन्य : दानबहादुर गुरुङ