Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कटुवा पेस्तोलसहित एक जना पक्राउ


1.4K
Shares

कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौटहट ३, पुस । रौतहटमा एकजना युवक अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका(४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

टोलीले दुर्गाभगवती गाउँपालिका वडा नं ५ झाँजपुल स्थितमा चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो ।

यस घटनाको थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिनुभयो । । दुईदिन अघिमात्र कटहरिया नगरपालिका १ बगहिमा एकजना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology