Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पेरिसडाँडामा प्रचण्ड नेपाल समुहको भेला


4.4K
Shares

पेरिसडाँडामा प्रचण्ड नेपाल समुहको भेला

काठमाडौं,३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएको बेला गुट भेलाहरुले तिब्रता लिएको छ ।नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरुलाई आज छलफलमा बोलाइएको छ । दिउँसो १ बजेपछि बस्ने सो भेलामा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेताहरु सहभागी हुने बताइएको छ ।

सो भेलामा ओली निकट नेताहरुलाई बोलाइएको छैन । पेरिसडाँडा स्रोतका अनुसार पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि नेताहरुसँग छलफल गर्न लागिएको हो । सो भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगाका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकारलाई एकलौटी ढंगबाट सञ्चालन गर्न थालेको आरोप प्रचण्ड पक्षको रहेको छ । पछिल्लो विवाद अध्यादेशलाई लिएर रहेको छ । संवैधानिक परिषद् सञ्चालनका लागि ल्याइएको अध्यादेशमाथि प्रचण्डले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology