Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा श्रीमतीद्धारा श्रीमान माथि खुर्पा प्रहार गरि गम्भीर घाइते


3.5K
Shares

गोरखामा श्रीमतीद्धारा श्रीमान माथि खुर्पा प्रहार गरि गम्भीर घाइते

गोरखा २, पुस ।  गोरखाको गोरखा नगरपालिका–१ ताप्लेमा एक महिलाले आफ्नै श्रीमानलाई खुर्पा प्रहार गरि गम्भीर बनाएकी छिन् । स्थानीय ६७ बर्षकी थानकुमारी सिंखडाले सामान्य बिबादका क्रममा ७८ बर्षका श्रीमान हरिप्रसाद सिंखडालाई खुर्पा प्रहार गरि गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहान करिब ७ : ३० बजेको थानकुमारीले श्रीमान माथि खुकुरी प्रहार गरेकी थिइन् । मानसिक सन्तुलन ठिक नभएकी उनले श्रीमानलाई खुर्पाले शरिरको विभिन्न भागमा प्रहार गरेको प्रहरीको भनाई छ । घाइतेको टाँउको, घाँटी तथा शरिरको धेरै भागमा चोट लागेको छ । उहाँको गोरखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लागि चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक धर्म अधिकारीले जानकारी दिनुभयो ।

श्रीमान श्रीमती मात्र बस्ने घरमा सधै जसो झै झगडा हुने गरेको स्थानीयको भनाई छ । थानकुमारीको विगत लामो समयदेखि मानसिक सुन्तलन ठिक नभएको पाइएको छ । उनलाई प्रहरीले थुनुवा कक्षमा समेत राख्न असजिलो भएको र जाहेरी पनि नपरेको भन्दै वडध्यक्ष र स्थानियको रोहबरमा घटना भएकै घरमा बस्ने गरी पठाउने तयारी भई रहेको समेत प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology