Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

डोनल्ड ट्रम्पको ट्विटर ह्याक भएको खुलासा


2.9K
Shares

डोनल्ड ट्रम्पको ट्विटर ह्याक भएको खुलासा

बीबीसी २, पुष । नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्। ट्रम्पको पासवर्ड ‘maga2020’ भएको बताइएको छ। तर नैतिकतापूर्वक काम गरेकाले भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गर्नुभएको थियो । त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गर्नुभएको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो । अहिले दुवैले थप प्रतिक्रिया दिएका छैनन्। गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्नुहुन्छ ।

ुयो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो, उहाँले भन्नुभयो । उहाँका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेका थिए । त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उहाँको भनाइ छ।डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिनुभएको हो ।

राष्ट्रपतीय निर्वाचनको मुखैमा उक्त ट्विटर अकाउन्ट हात पार्न सकिन्छ कि भनेर ठूलो चासो भएकाले आफूले त्यसको पासवर्ड कति सबल छ भनेर अनुसन्धान गरेको उहाँले पछि प्रहरीलाई बताउनुभयो ।डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो।

गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताउनु भएको थियो । उहाँले ट्रम्पका निजी तस्बिर र सन्देश, ट्रम्पले मात्र देखिन सक्नेगरी बुकमार्क गरिएका ट्वीटहरू, अनि क–कसलाई ब्लक गरिएको छ त्यो देख्न सक्नुहुन्थ्यो ।झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ। उक्त खातामा के अहिले थप सुरक्षा वा शङ्कास्पद प्रवेशबारे सङ्केत गर्ने लग छ भन्ने बीबीसी न्यूजको प्रश्नको ट्विटरले सीधा उत्तर दिन अस्वीकार गरेको छ।

यो वर्षको आरम्भतिर गेभर्सले आफू र अन्य साइबर सुरक्षा अनुसन्धाताहरूले सन् २०१६ मा पनि ‘yourefired’ पासवर्ड प्रयोग गरेर ट्रम्पको ट्विटरभित्र छिरेको दाबी गर्नुभएको थियो ।ट्रम्पका अन्य सामाजिक सञ्जालहरूका पासवर्ड चुहाइएको एउटा घटनामा यो पनि सार्वजनिक भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology