दाङ २, पुष । दाङको दंगीशरण गाउँपालिका–३ रावतगाउँमा बाख्राले हानेर एक वृद्ध महिना गम्भिर घाइते हुनुभएको छ। पाठालाई दुध खुवाउने क्रममा बुधबार अपरान्ह्र बाख्राले हान्दा स्थानीयबासी ८० बर्षकी बेलमती चौधरी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते भएकी चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।