Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाकमा पुग्यो बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन


3.2K
Shares

बारपाकमा पुग्यो बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन

गोरखा २, पुष । गोरखाको बारपाक नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन पुगेको छ । गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा सोमबारदेखि केन्द्रिय प्रशारण लाइनबाट बत्ती बालिएको बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो । जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवादेखि राङ्गरुङ्ग, मान्दे्र हुदै वारपाकमा हाइटेन्सन लाईन बिस्तार गरि बिद्युत प्रवाह गरिएको उहाँले बताउनुभयो ।

‘बालुवादेखि बारपाकसम्म करिब १० किलोमिटर लाईन बिस्तार गरि बिद्युत लाइन जडान गरिएको हो, प्रमुख न्यौपानले भन्नुभयो, ‘११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौं ।’ उहाँले बालुवादेखि बारपाकसम्म बिद्युत बिस्तारका लागि ग्रामिण बिद्युतीकरण तर्फको ३ करोड रुपैया खर्च भएको बताउनुभयो । ‘सोमबार ट्रान्सफर्मर जडान गरि बिद्युत पु¥याइएको छ, प्रमुख न्यौपानेले भन्नुभयो, ‘अहिले धमाधम ग्राहकलाई मिटर बितरण बितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ ।’

मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फारम भर्नुपर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पहिलो चरणमा बारपाकका ५ सय घरघुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानले जानकारी दिनुभयो । उहाँले प्राधिकरणले बिपन्न परिवारलाई भने निशुल्क मिटर उपलब्ध गराउने बताउनुभयो ।‘गएको चैत महिना भित्र बारपाकमा बिद्युत पु¥याउने योजना प्राधिकरण थियो, प्रमुख न्यौपानले भन्नुभयो, ‘कोरोना संक्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाई भएको हो ।’

लाइन बिस्तारका लागि बालुवादेखि बारपाक सम्म मुख्य लाइनमा २ सय ५५ वटा र शाखा लाइनमा ५ सय ९० वटा फलामो पोल गाडिएको छ । बारपाकसम्म लाईन बिस्तारका लागि लाङ्घाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे । यता गाउँमा केन्द्रिय प्रशारण लाइनको बिद्युत जडान भएपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् । ‘लधुजलबिद्युत आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानी लगायतमा समस्या थियो, स्थानीयबासी कोपिला घलेले भन्नुभयो, अब ति समस्या हामीले भोग्नु पर्दैन भन्ने लागेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology