Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अध्यादेश फिर्ताको माग गर्दै राष्ट्रपतिलाई निवेदन दिन पुगेका नेताहरु प्रचण्डको निर्देशनपछि फिर्ता


2.6K
Shares

अध्यादेश फिर्ताको माग गर्दै राष्ट्रपतिलाई निवेदन दिन पुगेका नेताहरु प्रचण्डको निर्देशनपछि फिर्ता

काठमाण्डौ १ पुष । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरू निवेदन दर्ता नगरि फिर्ता भएका छन् । नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको माग नगर्ने सहमति भएपछि नेता भीम रावल, पम्फा भुसालसहितका नेताहरू शीतल निवासबाट फर्किएका हुन् ।

उनीहरू नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन बोकेर दिउँसो १२ बजेर ४८ मिनेटदेखि शितल निवासमा सचिव कुरेर बसिरहेका थिए । आफूहरू शीतल निवासमा सचिव कुरेर पाँच घण्टासम्म बसेको तर कार्यकारी अध्यक्ष प्रचण्डले निवेदन दर्ता नगर्न भन्नु भएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको नेता पम्फा भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले निवेदन दर्ता नगरिकन शीतल निवासबाट फिर्ता नहुने भनेका थियौँ, कमरेड प्रचण्डले सहमति भयो भनेर भन्नुभयो, उहाँले फिर्ता हुन आग्रह गर्नुभयो । त्यसपछि हामी दर्ता नगरि फिर्ता हुँदै छौँ ।’त्यस्तै नेता रावलले भने सचिवले निवेदन दर्ता गर्छु भन्दै झुलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी ६ घण्टासम्म कुरेर बस्यौँ, सचिवले दर्ता गर्ने आश्वासन दिए पनि बेपत्ता भए, त्यसपछि अध्यक्ष प्रचण्डको निर्देशन आयो र हामी फिर्ता भयौँ ।’

राष्ट्रपति भण्डारीले अध्यादेश ल्याएसँगै सांसदहरूको हस्ताक्षर बोकेर विशेष अधिवेशन बोलाउन माग गर्दै नेताहरू शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology