Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा रात्री बस दुर्घटनाग्रस्त, ५ जना गम्भीर घाइते (घाइतेको बिबरण सहित)


4.4K
Shares

गोरखामा रात्री बस दुर्घटनाग्रस्त, ५ जना गम्भीर घाइते (घाइतेको बिबरण सहित)

गोरखा १, पौष । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान रात्रीबस दुर्घटना हुदा ५ जना गम्भीर घाइते भएका छन् । काठमाण्डौबाट आरुघाटको सोती तर्फ जादै गरेको ग १ ख ९४४६ नम्बरको बस सिमलाफेद नजिकै बिहान करिब ४ः ३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । बस सडकबाट करिब २० मिटर तल खसेको उहाँको भनाई छ ।
दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५०का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् । घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । दुर्ग्घटनामा परि अन्य १७ जना सामान्य घाइतेे  भएका छ्न ।

गम्भीर घाइते  मध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ । बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रमुख ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology