Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा राजतन्त्र फर्काउन भन्दै राप्रपाको प्रर्दशन


3.8K
Shares

गोरखामा राजतन्त्र फर्काउन भन्दै राप्रपाको प्रर्दशन

गोरखा ३०, मङ्सिर । नेपालले राजसंस्था फर्काउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले आज गोरखा सदरमुकाममा प्रर्दशन गरेको छ । सदरमुकामको हरमटारीबाट बजागाजा सहितको सुरु भएको ¥याली बसपार्क हुँदै पुन फर्किएको कोण सभामा परिणत भएको थियो । कोण सभालाई संवोधन गर्दै राप्रपाका नेता सुरेन्द्र भण्डारीले नेपालमा गणतन्त्रको अन्त्य गरी राजसंस्था ल्याउन राप्रपा सडकमा उत्रिएको बताउनुभयो ।

उहाँले संघियताले देशलाई ध्वस्त बनाएको बताउँदै दावी गर्दै देशले अब संघियता धान्न नसक्ने समेत बताउनुभयो । ‘हाम्रो आम्दानी दैनिक एक सय छ, संघियता धान्न एक सय २६ खर्च हुन्छ, हाम्रो स्रोत सधान छैन, उहाँले भन्नुभयो, ‘संघियता धान्न सकिँदैन, त्यसैले खारेजीको माग गर्छौँ ।’ संघियताका कारण भष्ट्राचार बढेको, बजेटको २० प्रतिशत मात्रै खर्च भएको बताउँदै नेता भण्डारीले यो ब्यवस्था नेपालका लागि ठिक नभएको उल्लेख गर्नुभयो ।

उहाँले अब गोरखाबाट राजसंस्था पुर्नस्थापना र संघियता खारेजीका लागि सबै जनता जागरुक हुनुपर्ने समेत बताउनुभयो । कोणसभामा राप्रपाका जिल्ला संयोजक बिष्णुहरी अर्यालले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology