Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाकमा ४५ लाखको लागतमा बन्यो आर्कषक ‘बुद्ध पार्क’


9.7K
Shares

बारपाकमा ४५ लाखको लागतमा बन्यो आर्कषक ‘बुद्ध पार्क’

गोरखा २९, मङ्सिर ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाक स्थित ताक्लेनान्मा ४५ लाख रुपैयाकाको लागतमा बुद्ध पार्क निर्माण सम्पन्न भएको छ । बारपाक गाउँको सिंगो दृष्य देखिने डाडाँमा निर्माण गरिएको बुद्ध पार्कको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्क भित्र ५ फिट अग्लो बुद्धको मूर्ति सहित मानीहरु राखिएको उहाँको भनाई छ ।

पार्क निर्माणका लागि गाउँपालिकाले ४० लाख र वडा कार्यालयले ५ लाख रुपैया बिनियोजन गरेको थियो । त्यस्तै बारपाकका स्थानीयबासीहरुले समेत पार्क निर्माणमा श्रमदान गरेको उहाँले बताउनुभयो । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाक निर्माण गरिएको बौद्ध पार्कले त्यहाँ पुग्ने पर्यटकहरुलाई सजिलै बुझाउ सकिने अध्यक्ष भट्टको भनाई छ ।

थोरै क्षेत्रफलमा पार्क निर्माण गरिएको भएपनि आर्कषक ढुङगाको प्रयोग गरेर पार्क निर्माण गरिएकाले उत्त पार्कले बारपाकको शोभा झनै बढाइ दिएको छ । ‘पार्कमा प्राकृतिक स्वरुप झल्किएको छ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, ‘बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भएपनि बौद्धपार्कले अल्मल्याउने निश्चिछ छ ।’ बौद्ध पार्क निर्माण भएसंगै बारपाकमा भित्रै अर्को पर्यटकिय गन्तव्य निर्माण भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology