Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिप्लव समुह हिंसात्मक बाटो तर्फ अग्रसर भएको नेपाली सेनाको निस्कर्ष


3.9K
Shares

बिप्लव समुह हिंसात्मक बाटो तर्फ अग्रसर भएको नेपाली सेनाको निस्कर्ष

काठमाण्डौ २९, मङ्सिर । नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्ष सहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका हुन् ।

जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिनुभएको छ । सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।

व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाको निर्देशन छ ।

सेनापति थापाले हिउँदामा कोभिड–१९ भाइरसको सङ्क्रमण थप बढ्न सक्ने सम्भावनासमेत भएकाले सुरक्षा मापदण्ड पालना गर्दै सामुन्नेमा आउने परिस्थितिमा प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology