Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाध्यो


2.1K
Shares

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाध्यो

काठमाण्डौ २९, मङ्सिर । नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय १६ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५ हजार ४ सय २३ पिसिआर परीक्षण गर्दा ३ सय १७ जना महिला र ५ सय ४ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये थप ८ सय ४२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९४ दशमलव ९ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology