गोरखा २९ मङ्सिर । नेपाली काग्रेस गोरखाले आज गोरखा सदरमुकाममा सरकार बिरुद्ध बिरोध प्रर्दशन सहितको कोणसभा गरेको छ । काग्रेसले पार्टी कार्यालय तिनधारेबाट सरकारका बिरुद्ध नाराबाजी गर्दै सदरमुकामको पुरानो बसर्पाक, शक्तिचोक, हुदै हरमटारी चोकसम्म बिरोध प्रर्दशन गरेको हो । नेपाली काग्रेस जिल्ला पार्टीका आयोजनामा तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि दुव्र्यवहार भएको भन्दै बिरोध कार्यक्रमको आयोजना गरेको काग्रेसले सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको आरोप समेत लगाएको छ ।
बर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार, हत्याहिंसा र बलात्कारको घटना न्युनिकरणमा भूमिका खेल्न नसकेको आरोप लगाउदै काग्रेसले गाउँगाउँबाट कार्यकर्ता ल्याएर सदरमुकाममा बिरोध प्रर्दशन गरेको हो । बिरोध प्रर्दशनपछि हरमटारी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै कागेसका केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले बर्तमान सरकार अहिले आफ्नै पार्टीका कारण ढल्ने अबस्थामा पुगेको बताउनुभयो ।
उहाँले दुई तिहाईको बहुमत प्राप्त सरकारले संबैधानिक अंगहरुलाई आफनो प्रभावमा पादै प्रतिपक्ष काग्रेस र आफ्नै पार्टीका पनि फरक गुटलाई तर्साउन खोजेको आरोप लगाउनुभयो । केन्द्रिय सदस्य श्रेष्ठले प्रधानमन्त्रीले भ्रष्ट्राचारको आरोपित भएपनि आफ्ना मान्छेको भने बचाउन गर्ने गरेको समेत आरोप लगाउनु भयो । ‘कार्यपालिका, न्यापालिका सबै संवैधानिक निकाय प्रधानमन्त्रीले आफ्नो मातहत लिएका छन’ केन्द्रिय सदस्य श्रेष्ठले भन्नुभयोे ‘आफ्ना मान्छेलाई जोगाउने, सरकारको गलत कामको टिका टिप्पणी गर्नेलाई सिध्याउने गरिएको छ ।
कोणसभालाई सम्बोधन गर्नुहुदै पार्टीका अर्का केन्द्रिय सदस्य टिएन योगीले सरकारले हत्या, हिंसा, बलात्कार, भष्ट्राचार जस्ता जघन्य अपराधको न्यूनिकरण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले जनताले चाहेको जस्तो अधिकार दिन सरकार असफल भएको भन्दै सरकार सँग जनता आक्रोशित भएकाले नागरिकलाई समृद्धी दिन नसक्ने बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुदै नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले सरकार बिरुद्ध लड्न र नागरिकको आश्यकताका लागि कांग्रेस भित्र सबै एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामी भित्रको बिबाद आफ्नो ठाउँमा राखौं, उहाँले भन्नुभयो, ‘सडकमा सरकार बिरुद्ध उभिदा एक भएर लड्नुपर्छ ।’ सभापति घलले पार्टीको आगामी जिल्ला अधिबेशनलाई सर्वसम्मत ढंगबाट टुङ्याउनु पनि कोणमा मार्फत सवैलाई अपिल गर्नुभएको छ ।