गोरखा २९, मङ्सिर । नेपाल काग्रेस गोरखाले सरकार बिरुद्ध बिरोध प्रर्दशन सुरु गरेको छ । काग्रेसले पार्टी कार्यालय तिनधारेबाट सरकारका बिरुद्ध नाराबाजी गर्दै सदरमुकाममा बिरोध प्रर्दशन गरेको हो ।
नेपाली काग्रेस जिल्ला पार्टीका आयोजनामा तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि दुव्र्यवहार भएको भन्दै बिरोध कार्यक्रमको आयोजना गरिएको हो ।
त्यस्तै सरकारले जनतको अपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार, हत्याहिंसा र बलात्कारको घटना न्युनिकरणमा भूमिका खेल्न नसकेको आरोप समेत काग्रेसले लगाएको छ ।
सदरमुकाम क्षेत्रमा बिरोध ¥यालीपछि हरमटारी चोकमा आएर कोणसभा गर्ने काग्रेस गोरखाले जनाएको छ । बिरोध ¥यालीमा जिल्ला भित्रका बिभिन्न ठाउँबाट काग्रेसले कार्यकर्ता उतारेको छ ।