Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर ९ महिनापछि खुल्यो


9.2K
Shares

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर ९ महिनापछि खुल्यो

गोरखा २९, मङ्सिर ।  नेपालको प्रसिद्ध धार्मिक गन्तव्य रुपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब ९ पछि आइतबारदेखि खुलेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण गएको चैत ८ गतेदेखि पुजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनहरुका लागि पुजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापा मगरले जानकारी दिनुभयो ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरि सर्वसाधारणका लागि समेत पुजाआजाका गर्न मन्दिर खोल्ने निर्णय गरेसंगै हिजोदेखि मन्दिर सर्वसाधारणहरुका लागि खुल्ला उहाँले बताउनुभयो । ‘आइतबार बिहान नियमित रुपमा गरिने नृत्यपुजा गरेर सर्वसाधारणहरुलाई पनि पुजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भन्नुभयो,‘ पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री पुजारीलाई दिने गरी ब्यवस्था मिलाएको छ ।

’मन्दिरमा भाकल बुझाउन आउने भक्तजनहरुका लागि बली दिने स्थानमा समेत छुट्टै पुजारीको ब्यवस्था मिलाइको उहाँले बताउनुभयो । ९ महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौ भक्तजनहरु पुजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिनुभयो । मन्दिरमा पुग्ने भक्तजनहरुले अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका व्यवस्था समेत गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology