गोरखा २८, मङ्सिर । गोरखामा १ जना सहित गण्डकी प्रदेशमा आज थप ८२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तीमा जिल्लाको गोरखा नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो ।
त्यस्तै पोखरामा ४३ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार लमजुङ बेँसीशहरकी १ महिला, सुन्दरबजारका ३ पुरुष तथा १ महिला, म्याग्दी जिल्ला बेनी नगरपालिकाका १ पुरुष, स्याङजा वालिङका ३ पुरुष, गल्याङका १ पुरुष, तनहुँ शुक्लागण्डकीका ६ पुरुष तथा १ महिला, बन्दीपुरका ३ पुरुष तथा १ महिलामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै कास्कीको मादी गाउँपालिकाका २ पुरुष तथा ४ महिला, रुपा गाउँपालिकाका ३ पुरुष तथा १ महिला, बागलुङजिल्ला बागलुङ नगरपालिकाका ४ पुरुष तथा २ महिला, पर्वत फलेबासका १ पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार तीन सय ३३ पुगेको छ ।