Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा २६ बर्षिय युवकद्धारा भर्याङको रेलिङमा भुण्डिएर आत्माहत्या


5.1K
Shares

गोरखामा २६ बर्षिय युवकद्धारा भर्याङको रेलिङमा भुण्डिएर आत्माहत्या

गोरखा २८, मङ्सिर । गोरखामा आईतबार बिहान एक युवकले भुण्डिएर आत्माहत्या गरेका छन् । तनहुँ घर भई गोरखा सदरमुकामको अस्पताल चोक नजिकै डेरा गरि वस्ने वर्ष २६ बर्षक बिक्रम मगरले आफै बस्ने घरमा भुण्डिएर आत्मा हत्या गरेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भाडामा बस्दै आएका मगर घरको भर्याङ रेलिङमा नाम्लोको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेको हो । बिहान करिब साढे ७ बजेतिर घरमा बस्ने अरु मान्छे बाहिर निस्कन लाग्दा मगरलाई झुण्डिएको अवस्थामा भेटिएको जनाइएको छ ।

मृतक मगर सदरमुकाम स्थित एक ग्रील उद्योगमा काम गर्दै आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology