Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आफै चढेको बसले किचेर एकजनाको मृत्यु


3.9K
Shares

गोरखामा आफै चढेको बसले किचेर एकजनाको मृत्यु

गोरखा २८, मङ्सिर ।  गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफै चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारी तर्फ जाँदै गरेको ना.३ ख ८१४३ नम्बरको बसले किचेर ४८ बर्षका बुद्धिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

टुर्घटनामा परी गम्भीर घाइते हुनुभएका रम्तेलको उपचारका प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाई छ । सिरानचोक गाएँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफै चढेको बसको पछाडीको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिनुभयो ।

मृतकको शव आज पोष्ट मार्टमपछि परिवारलाई बुझाइने उहाँले बताउनुभयो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology