Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मृत्यु भएको भनि बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किएपछि…..


3.9K
Shares

मृत्यु भएको भनि बिहान अन्तिम संस्कार गरिएका व्यक्ति साँझ जीवितै घर फर्किएपछि…..

काठमाण्डौ २७ मङ्सिर । यदि परिवारका कुनै सदस्यको बिहान अन्तिम संस्कार गरिन्छ र साँझ ऊ जीवितै घर फर्किन्छ भने त्यो घरका मान्छेको अवस्था कस्तो होलारु हो, यस्तै एक आश्चर्यजनक घटना भारतको मध्य प्रदेशको शियोपुरमा भएको छ। जहाँ अन्तिम संस्कार गरेको केही घण्टामै परिवारका सदस्य जीवितै फर्किए। जुन घटना देखेर प्रहरी र परिवार दुवै तर्फको होस उड्यो र सत्य कुरा बुझेपछि दुबै चकित समेत भए।

यो घटना बडोदाको माताजी मोहल्लाको हो। प्रहरीले बिहीबार साँझ ७ बजे अज्ञात व्यक्तिको शव मसानघाट नजिकैको पुलको गेटमा भेट्टाएयो। प्रहरीले मृतक व्यक्तिको पहिचानका लागि सामाजिक सञ्जालमा उक्त फोटो राख्यो ताकि मृतकका आफ्न्तसम्म उसको खबर पुगोस् भनेर।

फोटो बिहीबारदेखि नै सामाजिक सञ्जालमा भाइरल बन्यो। शुक्रबार बिहान उक्त फोटो हेरेपछि बडोदाका बन्टी शर्माले मृतक आफ्नो भाइ भएको बताए। उनले उक्त तस्बिर आफ्ना भाइ दिलीप शुक्लाको भएको र उनी ४र५ दिनदेखि हराइरहेको बताए। शर्माले दिलीप मानसिक रुपमा कमजोर रहेको समेत बताए।

यसपछि शवको पोस्टमार्टम गरियो र शर्माले शव बुझे। प्रहरीले पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव हस्तान्तरण ग¥यो। दिलीपको शव लगिसकेपछि शुक्रबार बिहान उनको दाहसंस्कार गरियो। तर, साँझ ८ बजे दिलीप जीवित घर फर्किए। यो देखेर परिवारमात्र होइन छरछिमेकी समेत आश्चर्य चकित भए।

अन्त्येष्टिपछि भाइलाई जीवित देखेपछि बन्टीले घरको शोकाकुल वातावरण हर्षमा परिणत भयो। तर उनीहरुबीच अज्ञात व्यक्तिको पहिचान गरी दाहसंस्कार गरेरमा प्रहरीको कारबाहीमा परिने डरले मिडियासामू आउन भने डराए। दिलीपका परिवारका सदस्यहरूले फोटो र हुलियाको आधारमा मात्रै पहिचान गर्नु गल्ती भएको बताए।

प्रहरीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै ती अज्ञात मृत व्यक्तिको फोटोको साहाराले उनको आफ्न्त खोज्न थाल्यो। उक्त तस्विर हेरेर उक्त शव भेला भीमलत गाउँको रामकुमार आदिवासीको भएको खुलेको छ। उनको परिवार अहिले प्रहरीकोमा पुगेको छ। .नेपाल खबरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology