Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्विकार, सवैधानिक परिष्दको बैठक नै अन्यौल


2.3K
Shares

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्विकार, सवैधानिक परिष्दको बैठक नै अन्यौल

काठमाडौँ २७, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली ( आइतबार) का लागि बोलाउनु भएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुनु हुने भएको छ ।सभापति देउवाले रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको हो । प्रधानमन्त्री ओलीले भोली बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । देउवाले बैठक केही दिन सारिदिन आग्रह गरेको बुझिएको छ ।

कांग्रेसले २९ मंसिरमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा नजान पार्टीका नेताहरुबाट दबाब आएपछि देउवाले यस्तो आग्रह गर्नुभएको स्रोतको दावी छ ।कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ । संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । देउवा अनुपस्थित हुने भएपछि वैठक सर्ने करिव निश्चित भएको छ ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने अधिकार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्लाई हुन्छ । यसमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संवैधानिक आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा ४ आयुक्त, थारू आयोगमा ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology