काठमाण्डौ २७, मङ्सिर । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण भोलीबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमको प्रशिक्षण भोलीबाट सुरु गर्न लागेको हो ।
एन्फाले यस अघिनै ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईसकेको छ । बन्द प्रशिक्षणबाट दुई वटा टिम बनाउने एन्फाको योजना छ । एन्फाले पुराना र नयाँ खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । प्रारम्भिक टोलीमा पूर्व कप्तान विराज महर्जनदेखि कारबाहीमा परेका विमल घर्तिमगर सहितका खेलाडी समावेश छन् ।
हिजो मात्र एसियाली फुटबल महासंघ एएफसीले विश्वकप छनोटको बाँकी खेलको तालिका सार्वजनीक गरेको थियो । नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाईनिज ताईपेसंग, चैत १७ गते अष्ट्रेलिायसंग र जेठ २४ गते जोर्डनसंग खेल्नेछ ।