Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको ग्रमिण भेगमा बसोबास गर्ने महिलाहरुलाई आँखा रोग सम्बन्धी प्रशिक्षण प्रदान


4.4K
Shares

गोरखाको ग्रमिण भेगमा बसोबास गर्ने महिलाहरुलाई आँखा रोग सम्बन्धी प्रशिक्षण प्रदान

गोरखा २७, मङ्सिर ।  जिल्लाको ग्रामिण भेगमा बसोबास गर्ने महिलाहरुलाई आँखाको रोग तथा उपचारका बिषयमा तालिम दिन थालिएको छ । गोरखा लायन्स आँखा सर्जिकल सेन्टर र लायन्स क्लब अफ गोरखाले ग्रामिण भेगमा बस्ने महिलाहरुलाई आँखाको सुरक्षा सम्बन्धी तालिम दिन थालेको हो । सेन्टर र क्लवले हिजो र आज भीमसेन थापा गाउँपालिका भित्र बसोबास गर्ने महिला स्वयं सेविका र महिला शिक्षकलाई तालिम दिई रहेको क्लबका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली समाजमा पुरुष भन्दा पनि महिला बढी जिम्मेवार हुने भएका कारण महिलालाई यस्ता तालिमले समाज अझै सुरक्षित हुने भन्दै श्रेष्ठले यो तालिमबाट समाज आँखा सम्वन्धी कुनै पनि रोग लागेका ब्यक्तिको सहजै पहिचान हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता खालका तालिमबाट आखाँका बिरामीहरुले समयमा नै उपचार पाउन सक्ने समेत बताउनुभयो । गएको २६ गते देखि सञ्चालनमा आएको आधारभुत आँखा सुरक्षा सम्वन्धी तालिमको भोली मात्र समापन हुने आयोजकले जनाएको छ ।

यो बिचमा भीमसेन थापा गाउँपालि भित्र बसोबास गर्ने महिला स्वयं सेविका, महिला शिक्षक र महिला समूहका ९० जना महिलाले तालिम प्राप्त गर्ने लायन्स क्लब अफ गोरखाले जनाएको छ । यो तालिम संग सहभागीहरुले आँखाको प्राथामिक उपचार कसरी गर्ने भन्ने कुरा सहजै सिक्ने सहजकर्ता एवं नेत्र अधिकृत गोबिन्दनाथ योगीले जानकारी दिनुभयो । त्यो बाहेक पनि तालिममा मोतियाँ बिन्दु, जल बिन्दु, दृष्टी दोष छ वा छैन भनेर पत्ता लगाउन सिकाईएकोले अब गाउँमा रहेका बालबालिका तथा युवा र बृद्व÷बृद्वाहरुको सहजै आँखाको रोग पहिचान हुने बताउनुभयो ।

तालिममा अल्छी आँखा, सामान्य आँखाका रोगहरुको पहिचान गर्न समेत सिकाईएकोले अब गाउँमा त्यस्ता विरामीलाई पहिचान गरी तत्कालै आँखा अस्पतालमा पठाउन सहज हुने क्लबले विश्वास लिएको छ । क्लबका अनुसार २६ गते शुक्रबार ३० जना महिला स्वयं सेविका, २९ गते सनिबार ३० जना महिला शिक्षक र २८ गते आइतबार ३० जना महिला समूहका सदस्यलाई तालिम प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology