Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा सदरमुकाममा २० करोड लागतमा अस्पताल निर्माण हुने


4.2K
Shares

गोरखा सदरमुकाममा २० करोड लागतमा अस्पताल निर्माण हुने

गोरखा २७, मङ्सिर । गोरखा सदरमुकाममा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ ।  गोरखा नगरपालिका ८ को हरमटारी क्षेत्रमा निर्माण हुने ५५ शैयाको सुविधा सम्पन्न अस्पताल २० करोडमा निर्माण गर्न लागेको हो ।

चितवनको नारायणी सामुदायिक अस्पताल अन्तरर्गत रहने गरी निर्माण हुन लागेको यो अस्प्ताल आगामी १५ महिना भित्र निर्माण सम्पन्न गरी सेवा दिने गरी बनाउन लागिएको एनपिआई चितवनका अध्यक्ष क्यान्सरका बिषेज्ञ डा. श्रेष्ठले भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।निर्माण गर्न लागिएको सुबिधासम्पन्न अस्पतालको डा. श्रेष्ठले शिलन्यास समेत गर्नुभएको छ ।

गोरखा जिल्लाबाट ७० प्रतिशत भन्दा बढी मानिस चितवनको विभिन्न अस्पतालमा उपचारका लागि जाने गरेको भन्दै अस्पताल निर्माण पछी कुनै पनि गोरर्खालीले उपचारको नाममा जिल्ला बाहिर जानु नपर्ने बताउनुभयो ।

क्यान्सरका बिषेज्ञ डा. श्रेष्ठले गोरखाबाट नै क्यान्सरका रोगीहरुलाइ सेवा दिन सकिने समेत बताउनुभयो । १०० जना शेयर होल्डर रहेको उत्त अस्पतालमा १३ जना गोरर्खालीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology