गोरखा २७, मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गोरखा जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । फुटवल प्रशिक्षण केन्द्र निर्माणका लागि एन्फाले प्रत्येक जिल्लालाई ५० हजार अमेरिकी डबल बरावरको रकम दिने भएको एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले बिगत बर्ष देखी नै गोरखा नगरपालिकाको छेवेटार मैदानमा सुविधा सम्पन्न भवन बनाई रहेका छौ । एन्फा केन्द्रबाट प्राप्त हुने उत्त रकम भने सोही खेलमैदान भित्रबन्ने संरचनाको लागि खचृ गरिनेछ ।’ उहाँले भन्नभुयो ।
गोरखा नगरपालिका १० को छेवेटार दरौदी किनारामा निर्माण भई रहेको सुविधा सम्पन्न भवन निर्माण लागि गोरखा नगरपालिकाबाट गत बर्ष ६० लाख र यो बर्ष २० लाख गरी ८० लाख प्राप्त भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अवास, चेन्जीङ रुम र शौचालयमा निर्माण गरिएको उत्त भवनमा अब भने पौडी पोखरी, जिम हल, फुटसल मैदान, प्रशिक्षण मैदान निर्माण गरिने भएको छ ।
त्यसका साथै हाल भई रहेको मैदानलाई घेराबार, स्तरोउन्नती लगायतका काममा एन्फाबाट प्राप्त रकम खर्च गरिने एन्फा गोरखाले जनाएको छ