काठमाण्डौ २७, मङ्सिर । काठमाण्डौको कलंकीमा गएराती भएको ठुलो दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् ।नागढुङबाट आएको ट्रकको ब्रेक फेल हुदा ठक्कर ट्रकले ठक्कर दिएका कङशंकर दमाई, रञ्जित कुमार चौधरीको मृत्यु भएको कलंकी प्रहरीले पुष्टी गरेको हो ।
प्रदेश २–०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल हुदा ६ वटा सवारी साधनलाई ठक्कर दिदाँ शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्या खत्री घाईते भएको प्रहरीले जनाएको छ ।कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो ।